सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको छ । जितका लागि १ सय ३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । राम्रो सुरुवात गरेको काठमाडौंका ओपनरद्वय आकाश त्रिपाठी र बेन चार्लसवर्थले पहिलो पावर विना कुनै विकेटको नोक्सानीमा ५५ रन जोडे । पहिलो विकेटको लागि दुई ओपनरले ७० रनको साझेदारी गर्दै काठिमाडौंको जितलाई सहज बनाइदिए । जनकपुरका बलरलाई पहिलो विकेट निकाल्न नवौं ओभर नै कुर्नुपर्यो । जान निकलोलले बेनलाई कट–एण्ड–बोल्ड गरे । बेनले २३ बलमा ५ चौका र २ छक्का सहित ४६ रन जोड्दै उत्कृष्ट ब्याटिङ गरे। उनी अर्धशतकबाट भने ४ रनले चुके । लगत्तै आकाश चन्द ३ रनमा ललित नारायण राजवंशीको बलमा आउट भए । यतिखेर काठमाडौंले ७५ रन बनाएको थियो। तेस्रो विकेट सञ्जय कृष्णमुर्तीले १६ औं ओभरमा लिए । आकाश चन्द ३९ रनमा पबिलियन फर्किए। यसपछि मिलिन्द कुमार १९ रनमा किशोर महतोको बलमा आउट भए । उनी आउट हुँदा काठमाडौंलाई १८ बलमा ९ रन जरूरी थियो। अर्को बलमा अनिल शाहले १३ रन बनाएका जोन सिम्पसनलाई एलबिडब्लु धरापमा पारे । बलिङमा ललित, किशोर, अनिल, जान निकोल र सञ्जयले समान १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा काठमाडौंका करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिलो ब्याटिङमा आएको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनायो । पहिलो पावर प्लेमा जनकपुरले २ विकेट गुमाएर ४० रन मात्र बनायो। ओपनरद्वय आशिफ शेख र लाहिरु मिलान्थाले पहिलो ३ ओभरमा ३२ रन बनाए । चौथो ओभरमा करणले १ रन मात्र दिए। यसपछि मिलिन्द कुमारले पाँचौ ओभरमा २ विकेट झारे । ७ रन बनाएका मिलिन्द पाँचौं ओभरको तेस्रो बलमा आउट भए। यसपछि कप्तान अनिल शाह सामना गरेको दोस्रो बलमा रनको खाता नखोली मिलिन्दको बलमा जेराड इरासमसद्वारा कमयाड आउट भए । मिलिन्दले नै तेस्रो विकेट लिए। जान निकोल लोफ्टी २ रनमा बोल्ड आउट भए। ३ विकेटको नोक्सानीमा जनकपुरले मात्र ४२ रन बनाउँदै कमजोर सुरुवात गर्यो । नवौं ओभरमा सञ्जय कृष्णमुर्ती चौथो विकेटको रूपमा आउट भए । २ रन जोडेका उनी सन्तोष यादवको बलमा आउट भए । क्रिजमा टिकेका ओपनर आशिफले ३७ बलमा अर्धशतक बनाए । ३७ बल खेल्दै ६ चौका र १ छक्का सहित ५१ रन जोडे । अर्धशतक बनाए लगतै उनी ५४ रनना साहाब आलामको बलमा आउट भए । आशिफ आउट हुँदा जनकपुरले १३ ओभर ३ बलमा ५ विकेटको नोक्सानीमा ७८ रन मात्र बनाएको थियो । लाहिरु समाराकुन २३ रन जोडेर आउट भए भने मयंक यादव रनमा ३४ रनमा अविजित रहे। आदिल अलाम ८ रनमा अविजित रहे । बलिङमा मिलिन्दले सर्वाधिक ३ विकेटले लिए। ४ ओभरमा उनले मात्र १५ रन दिए। करण, साहब र सन्तोषले १–१ विकेट लिए । त्यसअघि प्रधानमन्त्री सुशीला कार्कीले एनपिएलको उद्घाटन गरेकी थिइन्। यो पटक च्याम्पियन बन्न ८ फ्रेन्चाइज टिमले २७ दिन, कुल ३२ खेल खेल्नेछन् । फाइनल खेल मंसिर २७ गते हुनेछ । यो पटक पहिलो संस्करणको जतिकै विजेताले १ करोड १० लाख, दोस्रो हुने टिमले ५१ लाख र तेस्रो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । टियु क्रिकेट मैदानमा पहिलो पटक आज फ्लड लाइटमा खेल भएको छ । भोलि दुई खेल हुनेछन् । पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।