भोलिदेखि एनपीएल प्रतियोगिता 

शनिबार, कात्तिक २९, २०८२

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर १ देखि सुरुहुँदै छ । नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गर्दै दोस्रो सिजनको एनपीएलको तयारी पूरा भएको जानकारी दिएको हो।  एनपीएल करिब एक महिना चल्ने छ ।  क्यानका सचिव पारस खड्काले पहिलाको सिजनभन्दा यो पटक एनपीएल अझ रोमाञ्चक हुने बताए । एनपीएललाई सफलतापुर्वक सम्पन्न गर्न क्यान एकजुट रहेको उनको भनाइ छ । सचिव खड्काले भने, ‘हामीसबै फरक पृष्ठभूमिबाट आए पनि एनपीएललाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सबै एक छौँ, पहिलाको भन्दा यो पटक एनपीएल फरक हुनेछ । यो पटक फ्लड लाइटमा खेल्न नयाँ प्यारापिटमा बनेको छ । नेपाली क्रिकेट उद्योग बन्न सक्ने अवस्थामा पुगेको छ तर अझै धेरै गर्न बाँकी छ ।’  उनले दर्शकको सुरक्षालाई पनि ध्यान दिएर त्यही अनुसारको व्यवस्थापन गरेको जानकारी दिए ।  क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एनपीएलको तयारी पूरा भएको बताए । 

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला
क्यानले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री खुल्ला गरेको छ ।  मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने एनपीएल दोस्रो संस्करण प्रतियोगिताका लागि विभिन्न दरमा टिकट बिक्री सुरु गरेको हो । क्यानले एक सूचना जारी गर्दै दर्शकका लागि पहिलो चरणमा हुने प्रतियोगिताको पहिलो ६ दिनको खेलहरुको लागि टिकट बिक्री खुल्ला गरेको जानकारी दिएको छ  क्यानका अनुसार विभिन्न वर्गका टिकट मूल्य तोकिएका छन । जसमध्ये ओपनिङ डे र शनिबारका खेलका लागि जनरल टिकटको मूल्य रु ५०० र प्रिमियम टिकटको मूल्य रु १,५०० तोकिएको छ । त्यस्तै, साप्ताहिक दिनमा हुने खेल हेर्न जनरल टिकट रु ५०० र प्रिमियम टिकट रु १,००० तोकिएको छ । यसका साथै सबै खेल हेर्न चाहने दर्शकका लागि विशेष सिजन पास को व्यवस्था गरिएको छ, जसको मूल्य रु १५,००० तोकिएको छ ।  टिकट ‘खल्ती बाइ आईएमई’ मार्फत अनलाइन खरिद गर्न सकिने समेत क्यानले जनाएको छ ।

Photo1-(3)-1763201377.jpg
 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार