सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन दरबार क्षेत्र र बसन्तपुर दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ । बुधबार काठमान्डू गोर्खाजले उपत्यकामा ट्रफी प्रदर्शन गर्ने क्रममा पाटन दरबार क्षेत्र र जावलाखेल हुँदै बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गरेको हो । सोही क्रममा काठमान्डू गोर्खाजका कप्तान करण केसीले एनपीएलको ट्रफी पहिलो पटक काठमाडौं आए पनि यो ट्रफीलाई जितेर अन्तिममा पनि यही ल्याउने दाबी गरेका छन् । उनले काठमाडौंका जनतालाई आफ्नो टिमलाई साथ दिन आग्रह गर्दै फाइनलसम्म साथ दिए जितेरसँगै ट्रफी ल्याउने बताए । उनले भने, ‘यो सबै खेलकुदको कुरा हो, जसले नेपाललाई चिनाई रहेको छ । यसकारणले नै हामीले मेहेनत गरेर तपाईहरू सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छ । एनपीएलको ट्रफी पहिलो पटक काठमाडौं आई पुगेको छ तर अन्तिममा पनि यही नै आउने छ हामी जितेर यो ट्रफीलाई फेरि यही ल्याउने छौँ । यो ट्रफीको तपाईंहरुलाई फेरि दर्शन गराउने छु । फाइनलसम्म साथ दिनु होला जितेर सँगै ट्रफी ल्याउनुपर्छ ।’