ओडिआईमा दुई शतक बनाउने पहिलो नेपाली खेलाडी बने रोहित पौडेल

नेपालद्वारा यूएईलाई २३४ रनको लक्ष्य 
बिहीबार, कात्तिक १३, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दुई शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । आज रोहितले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा युएई विरुद्ध शतक बनाएर यो सफलता प्राप्त गरेका हुन् । ओपनर कुशल भुर्तेल ७ रन जोडेर पहिलो विकेटको रुपमा आउट भएपछि कप्तान रोहित क्रिजमा छिरेका थिए । नेपालले कमजोर सुरुवात गर्‍यो । २६ रन जोड्दा २ विकेट गुमेको अवस्थामा रोहितले सम्यम्ता अपनाए । उनी क्रिजमा सेट भए । रोहितले आरिफ शेखसँग चौथो विकेटको लागि ७० रनको तथा दिपेन्द्र सिंह ऐरीसँग पाँचौ विकेटको लागि लागि ५४ रनको दुई महत्वपूर्ण साझेदारी पनि गरे । रोहितले १ सय २६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् । ओडिआईमा उनको यो करियरको दोस्रो शतक हो । आज रोहितले १ सय ९ रन बनाए। यसअघि उनले सन् २०२२ मा पपुवान्युगिनी विरूद्ध पहिलो शतक बनाएका थिए । ओडिआईमा पुर्व कप्तान पारस खड्का, कुशल भुर्तेल, आसिफ शेख, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी र भीम सार्कीले समान १ शतक बनाएका छन् ।

नेपालद्वारा यूएईलाई २३४ रनको लक्ष्य 
आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ ।  बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा बिहान ११ बजेर १५ मिनेटमा सुरु भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले नेपालले ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएर यूएईलाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
जारी खेलमा पाँँच चौंका एक छक्का सहित राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललेयूएईविरुद्ध सेन्चुरी समेत हानेका छन् । उनले १३० बलमा १०९ रन बनाए । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए । यूएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए । मुहम्मद रोहिद र हैदर अलीले १–१ विकेट लिए ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार