नेपालसँग भारत २–१ ले पराजित 

मंगलबार, कात्तिक ११, २०८२

काठमाडौं । नेपाली महिला फुटबल टोलीले भारतमाथि जित हासिल गरेको छ । सोमबार भएको खेलमा नेपालले भारतलाई २–१ ले पराजित गरेको हो । नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरेकी थिइन् । भारतस्थित शिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि दोस्रो मिनेटमा नै साम्बाले गोल गरेकी थिइन् । यस्तै, खेलको ६३ औँ मिनेटमा साम्बाले अर्को उत्कृष्ट गोल गरेकी थिइन् । खेलको ८१ औं मिनेटमा भारतले एक गोल फर्काएको थियो । त्रिदेशीय प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ । इरानले नेपाललाई ३–० र भारतलाई २–० हराएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार