उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न

मंगलबार, कात्तिक ११, २०८२

जनकपुर । उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै आस्थाको महानपर्व छठ सम्पन्न भएको छ । तीन दिन अघि गत शनिबारबाट सुरु भएको ४ दिने छठ पर्व आज विधिवत समाप्त भएको हो । हिजो व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न भएको हो । छठमा उदाउँदो सूर्यलाई दिइने अघ्र्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ । भोरका अरख दिएसँगै छठ घाटबाट व्रतालु तथा उनका परिवारजनहरू आफूले चढाएका प्रसादहरू बोकेर घर फर्किन्छन् । त्यसपछि सबै जना मिलेर प्रसाद खाने र चिनेजानेकाहरूलाई पनि प्रसाद दिने चलन रहेको छ । जनकपुरधामसहित धनुषामा छठ पर्व धुमधामका साथ मनाइएको छ । जनकपुरधामको मुख्य सरोवरहरू आन्तरिक तथा वाह्य पर्यटकहरूलेसमेत भरिभराउ देखिएको थियो । गृहमन्त्री ओम प्रकाश अर्यालसहितको टोली पनि जनकपुरको ऐतिहासिक गंगासागर सरोवरको छठ घाटमा सहभागी भएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार