सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट । लोक आस्थाको महापर्व छठ पूजाको आज तेस्रो दिन जलाशयमा पुगेर ब्रतालुहरूले अस्ताउँदै गरेका सूर्यलाई अघर्य दिएका छन् । कार्तिक शुक्ल चौथी तिथि देखि सुरु भएको छठको पहिलो दिन नहाय खाय, दोश्रो दिन खरनाको विधि सकेका ब्रतालुहरूले आज मुख्य दिन अस्ताउँदै गरेका सूर्यलाई अर्घ दिन जलाशय पुगेका हुन् । अहिले चन्द्रपुर, दुर्गा भगवती, गौर, गरुडा, इशनाथ, कटहरिया, गढीमाई, माधवनारायणसहित जिल्लाका १८ वटै पालिकामा रहेका पवित्र जलाशय, पोखरी, नदी किनारमा भिडभाड बढेको छ । जिल्ला प्रहरी कार्यलय रौतहटले छठघाटहरूमा सुरक्षा व्यवस्था कडा बनाएको थियो । छठको चौथो दिन बिहान उदाउँदै गरेको सूर्यलाई ब्रतालुहरूले अर्घ दिएपछि चार दिने महापर्व सकिन्छ । नयाँ माटोको चुल्हो वा ग्यास चुल्होमा खाजा, ठेकुवा, कसार, पुरिकिया, खजुरीसहितका सामग्रीहरू बनाएर बाँसको छैटी, डलिया र सुपलीमा राखेर छठ घाटमा गएर पूजा गर्ने धार्मिक प्रचलन रहेको छ ।