प्रधानमन्त्री कार्कीले गरिन् कमलपोखरीमा छठीमाईको पूजा 

सोमबार, कात्तिक १०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन् । छठ पर्वको मुख्य दिन सोमबार प्रधानमन्त्री कार्कीले कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा गरेकी हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका थिए । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिन काठमाडौंका विभिन्न पोखरी र नदी किनारका छठ घाट भव्य रूपमा सजाइएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ ।

Photo-(20)-(2)-1761568699.jpg
Photo-(19)-(1)-1761568698.jpg
 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार