सामाजिक समानताको पर्व छठ, बजारमा चहलपहल 

सोमबार, कात्तिक १०, २०८२

रौतहट । रौतहटसहित तराई मधेसमा अझैपनि जातीय छुवाछूत कायम नै रहेको छ । तर छठ पर्वले जातीय भेदभाव धनि र गरिब बिचको असमानता भावनाको पनि अन्त्य गरेको  देखिन्छ । यस पर्वमा समाजमा उपेक्षित मानिने डुम समुदायले बनाएको बासको चोयाको सुपली, नाङ्गलो र डालाको प्रयोग गरिन्छ । यसमा नै  छठको प्रसाद  ठेकुवा, भुसुवा र खाजाजस्तो परिकार चढाइन्छ । यो छठ पूजाका लागी अति आवश्यक सामाग्री मानिन्छ ।  यस पर्वले छुवाछुतको भाव नराख्ने र सबै मानिसको अस्तीत्वलाई स्वीकार गरेको इशनाथ नगरपालिका औरैयाका अगुवा किशोरी यादवले बताए । आफूहरुले पनि नदी तथा पोखरी किनारमा सामुहिक रुपमा छठ मनाउने व्यवस्था गरेको बताए । यति बेला  छठ पर्वले गर्दा रौतहटका प्रमुख बजारहरु चन्द्रनिगाहपुर, गरुडा र सदरमुकाम गौरमा व्रतालुहरुको चहलपहल निकै बढेको छ । छठ पर्वका लागि आवश्यक पूजाका सामग्री किनमेल तथा परिवारीक जामघटले बजारहरुमा चहलपहल र भिडभाड बढेको देखिन्छ । लुगाकपडा, मिठाइ, फलफूल पसलहरुमा भिड छ भने पर्वले गर्दा  पूजा सहितका आवश्यक सामग्रीहरुको पनि मुल्य बढेको पाइन्छ ।
सूर्य उपासनाको महापर्व छठ पूजाको दोश्रो दिन आज व्रतालुहरुले खरना मनाउने गर्छन । जसमा व्रतालुहरु निर्जल रही बेलुका माटोको चूल्होमा खिर र रोटी पकाई भगवान लाई चढाएर त्यही प्रसाद खाने गर्दछन। त्यसछि ३६ घण्टा लामो निर्जल र निराहार भई व्रत शुरु हुन्छ ।  आज सोमबार साँझ  अस्ताउँदो र  भोलि मंगलबार बिहान उदाउँदो सुर्यलाई अर्घ दिए पछि चार दिनको यो पर्व सकिन्छ । यस पर्वका लागि यहाँका छठघाट सजावटको काम अन्तिम चरणमा पुगेको छ ।  छठ पूजा हुने पोखरी, तलाउ तथा नदी किनारहरु दुलही झै श्रृगारिँदै छन् भने भजन किर्तनका गीतहरुले यहाँको वातावरण नै भक्तिमय बन्न थालेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार