गौरीघाटमा गएर राष्ट्रपतिले गरे छठी माताको पूजा आराधाना 

सोमबार, कात्तिक १०, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८२ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् ।  राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए ।  राष्ट्रपति पौडेल गुहृेश्वरीमा पुग्दा राष्ट्रिय सभा सदस्य विष्णुदेवि पुडासैनी, पशुपति विकास कोषका पदाधिकारी, काठमाडौं  महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगत, छठ पूजा आयोजक समितिका  पदाधिकारीहरूले स्वागत गरेका थिए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार