Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

आईसीसी लिग–२ सिरिज : अमेरिकाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

आइतबार, कात्तिक ९, २०८२

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । युएईमा अमेरिकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु भएको लिग–२ को पहिला खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरेको हो । लिग–२ अन्तर्गत युएई र अमेरिकासँग हुने शृङ्खलामा रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिएको छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल‌ आलमलाई विश्राम दिएर विश्वकप लिग–२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ । लिग–२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल आइतबारदेखि १९ गते बुधबारसम्म युएईमा हुँदैछ । नेपालले आइतबार अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृङ्खलाको सुरुवात गरेको छ । दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार युएईसँग भिड्ने तालिका छ । विश्वकप लिग–२ मा १२ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ । समान खेल खेलेको युएईको ६ अंक छ । तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

can-1761458258.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार