Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

मधेस प्रदेशमा छठ पर्वको भोलि पल्ट सार्वजनिक बिदा

शुक्रबार, कात्तिक ७, २०८२

जनकपुर । मधेस प्रदेश सरकारले छठ पर्वको भोलि पल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मधेस प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै  कात्र्तिक ११ गते प्रदेशभरि सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ । मन्त्रालयका उपसचिव गणेश नायकले जारी गरेको सूचना अनुसार मधेस प्रदेश सरकारद्वारा २०८१ साल चैत्र २२ गते प्रदेश राजपत्रमा प्रकाशित थप बिदा सम्बन्धी सूचनामा छठको अवसरमा थप एक दिन बिदा दिइएको जनाइएको छ । नेपाल सरकारले भने छठ पर्वको मुख्य दिन कार्तिक १० गत्ते देशभरि सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार