करीना र करिश्मा कपूर नयाँ लुक्समा

आइतबार, कात्तिक २, २०८२

एजेन्सी । बलिउडकी अभिनेतृद्वय करीना कपूर खान र करिश्मा कपूर नयाँ लुक्समा देखिएका छन् । हालै मुम्बईमा देखाइँदा उनीहरू क्याजुअल तर स्टाइलिश पहिरनमा देखिए । आरामदायी तर स्टाइलिश पहिरनमा सजिएकी करीना कपूर खानले फेसनदार सनग्लासमा शुभचिन्तकहरूको मन खिचिन् । आफ्नो आकर्षक उपस्थितिले दर्शकहरूलाई मोहित पार्ने अभिनेत्रीले शहरमा अनौपचारिक घुमफिर वा व्यस्तताकै विच शुभचिन्तकहरुलाई हात हल्लाएर शुभेच्छा प्रकट गरिन् । कपूर दिदीबहिनीहरू सधैं बलिउडका उत्कृष्ट स्टाइल आइकनहरू हुन्, जो ग्ल्यामरलाई सरलतासँग मिसाउनका लागि परिचित छन् ।–एएनआइ 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार