सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालले आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सामोआसँगको अन्तिम खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो । आजको पहिलो खेलमा जापानलाई ९ विकेटले हराएपछि ओमान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। दुबैको समान ८ अंक छ रन रेटका आधारमा नेपाल शीर्ष र ओमान दोस्रो स्थानमा छ । आजको खेल जितेमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्नेछ । छनोटका समूह चरण र सुपर सिक्समा नेपाल एक मात्र अपराजित टोली हो । आजको खेल जितेको अवस्थामा नेपालको १० अंक पुग्नेछ। सामोआले सुपर सिक्समा कुनै खेल जितेको छैन । यसै वर्ष माघ २४ देखि फागुन २४ गते सम्म हुने टि ट्वान्टी विश्वकपका लागि जारी प्रतियोगिताबाट नेपालसँगै ओमान र युएई छनोट भइसकेका छन् । प्लेइङ–११ मा समेटिए करण, आरिफ छनोटमा करण केसी र आरिफ शेख पहिलो पटक खेल्ने मौका पाएका छन् । ललित राजवंशीले पनि आज पुनरागमन गरेका छन् । अघिल्लो खेलका सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई आजको खेलमा आरम दिएको छ । बाँकी ८ जना यथावत रहेका छन् ।