दोलखामा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु

शुक्रबार, असोज ३१, २०८२

रामेछाप । दोलखाको वैतेश्वर गाउँपालिका–३ मा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।  बिहीबार घर नजिकैको जङ्गलमा गएका ५९ वर्षीय टेकबहादुर तामाङलाई भालुले आक्रमण गरेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीका अनुसार तामाङ घरबाट करिब २ सय मिटरको दूरीमा रहेको जङ्गलतर्फ गएका बेला जङ्गली भालुले आकस्मिक आक्रमण गरेको थियो । आक्रमणबाट उनको अनुहार र टाउकोमा गहिरो चोट लागेको र सोही चोटका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार