Tihar Banner
Tihar Banner

भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी रिहा

बिहीबार, कात्तिक २६, २०८३

काठमाडौँ ।  नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलबाट रिहा भएका छन् । उनी आज बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअनुसार उनी रिहा भएका हुन् । ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्था छ । नक्कली भुटानी शरणार्थी मुद्दामा २०८० वैशाख २० मा पक्राउ गरिएका उनलाई काठमाडौँ जिल्ला अदालतले २०८३ असार ३० गते ४ वर्ष कैद सजाय सुनाएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  १२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार