प्रहरी महानिरीक्षक विवादबारे यही मंसिर ७ गते दुवै पक्षबीच छलफल हुने

बुधबार, मंसिर २, २०८३

काठमाडौं । प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि छलफल गर्न यही मंसिर ७ गते दुवै पक्षलाई बोलाएको छ । वुधबार सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाइ छलफलका लागि उपस्थित हुन आदेश दिएको हो ।  कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न मंसिर ७ गते दुवै पक्षलाई डाकेको हो ।  नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरिएको उत्प्रेषणको रिट निवेदनमा सर्वोच्च अदालतले बुधबार कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर ४ का दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीका नाममा लिखित जवाफ पेस गर्न आदेश जारी गरिएको छ ।  इजलासले निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो भनी बाटोको म्यादबाहेक सूचना म्याद तामेल भएका मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत आधार र कारणसहित लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ । निवेदकले अन्तरिम आदेशसमेत माग गरेकोमा अदालतले दुवै पक्षलाई राखी र सम्बन्धित निर्णय अध्ययन गरेर मात्र अन्तरिम आदेशबारे टुङ्गोमा पुग्नुपर्ने ठहर गरेको छ । सो प्रयोजनका लागि अदालतले मंसिर ७ पेसी तोकी विपक्षीलाई जानकारी दिन आदेश गरेको छ ।

छलफलका लागि दुवै पक्षलाई झिकाउन आदेश 

प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाइ छलफलका लागि उपस्थित हुन आदेश दिएको छ । बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । तर पूर्ण आदेश भने सार्वजनिक भइसकेको छैन । बुधबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पौडेलको इजलासले अन्तरिम आदेश छलफलमा झिकाउने आदेश दिएको हो ।  कात्तिक १८ गते कार्कीलाई सरकारले हटाएपछि कार्कीले दिएको रिट २० गते दर्ता भएको थियो। रिटको पहिलो सुनुवाइ बुधबार भएको हो। 

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  २०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार