आशिफ शेखको अर्धसतकमा नेपालद्वारा युएईलाई मध्यम लक्ष्य प्रस्तुत

आइतबार, असोज २६, २०८२

काठमाडौं । नेपालले आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितका लागि १ सय ४१ रनको चुनौती दिएको छ । नेपालको लागि आशिफ शेखले अर्धशतक बनाए । ओमान क्रिकेट एकेडेमीको‌ मैदानमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङको निर्णय गरे । नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन रन बनायो । ओपनर कुशल भुर्तेल र आसिफले पहिलो पावर प्लेमा ४५ रन जोडे । नेपालले राम्रो सुरुवात गर्यो । पहिलो विकेटको लागि ५६ रनको साझेदारीपछि कुशल आउट भए । उनी २६ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडेर हर्षित कौशिकको बलमा एलबिडब्लु धरापमा परे । त्यसपछि रोहित क्रिजमा आए । आसिफसँग मिलेर ३९ रनको साझेदारी गरेपछि रोहित २० रनमा आउट भए । मोहम्मद रोहिदको बलमा मोहम्मद फारूकको बलमा उनी क्याच आउट भएका हुन् । त्यसपछि ४५ बलमस आसिफले अर्धशतक बनाए । उनी ४७ बलको सामना गर्दै ४ चौका र १ छक्का सहित ५१ रन जोडेर आउट भए । आसिफ धुव्र परासरको बलमा बोल्ड आउट भए । यतिखेर नेपालले १६ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ३ रनमा खेलिरहेको थियो ।  त्यसपछि बाँकी ४ ओभरमा नेपालले ३७ रन जोड्यो । दीपेन्द्र सिंह ऐरी मात्र १, गुलशन झा १४ र कुशल‌ मल्ल १० रनमा आउट भए । गुलशनले ५ बलमा २ चौका र १ छक्का प्रहार गरे । सन्दीप जोरा ४ र सोमपाल कामी ६ रनमा अविजित रहे । बलिङमा जुनेद सिद्दिकी, मोहम्मद रोसिद, जाहुद अलि, हैदर अलि, हरिश कौशिक र धुव्र परासरले १-१ विकेट लिए । आज भएको पहिलो खेलमा ओमानले कतारलाई ३४ रनले हराउँदै महत्वपूर्ण दुई अंक जोडेको छ । ओमानले २० ओभरमा ६ बिकेट गुमाउँदै १ सय ७२ रन जोड्यो । १ सय ७३ रनको लक्ष्य पछाएको कतार २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३८ रनमा समेटियो ।

Tos-1760273263.jpeg
 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार