Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरूको प्रदर्शन

आइतबार, असोज २६, २०८२

काठमाडौं । नेपाली फुटबल प्रेमीहरूले फुटबल क्षेत्रमा देखिएको वेथितिविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।  आइतबार समर्थकहरूले ‘फुटबल जनताको हो, कुनै व्यक्तिको होइन’ भन्ने नारासहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी अनुप मगरले एन्फा सुतिरहेको भन्दै प्रदर्शनमार्फत आफूहरूले उठाएर काममा लगाउने उद्देश्यले सडकमा उत्रिएको बताए ।  ‘फुटबललाई माया गर्नेहरू एकीकृत भएर वेथिति एन्फामा भइरहेको छ । गर्नुपर्ने आधारभूत कुराहरू समेत नगरेर सुतिरहनुभएको छ । त्यसैले हामीले झक्झक्याउनुपर्छ । उहाँहरूलाई काममा लगाउनुपर्छ भन्ने हिसाबले यहाँ आएका हौं,’ उनले भने  त्यस्तै उनले पहिलादेखि नै एन्फामा परिवर्तन चाहिन्छ भन्ने सोच फुटबलप्रेमीहरूमा रहेको धारणा राखे । साढे दुई वर्षसम्म ‘ए’ डिभिजन हुन नसकेको गुनासो गर्दै उनले ‘ए’ डिभिजन नहुनु भनेको फुटबल नै शुन्य हुनु रहेको बताए ।  उनले भने, ‘हामीले धेरै पहिलादेखि नै एन्फामा परिवर्तन चाहिन्छ भन्ने सोच थियो । भिजन राखेर क्यालेण्डर बनाउनु भएको छ तर काम कत्तिको भयो त भन्ने पनि हेर्नुपर्छ । ‘ए’ डिभिजन नभएको साढे दुई वर्ष हुन लागिसक्यो । ‘ए’ डिभिजन नहुनु भनेको त फुटबल नै शुन्य हुनु हो । यही हिसाबले फुटबल अगाडि कसरी बढ्छ त ?’ प्रदर्शनमा सहभागीहरूले विगत पाँच वर्षका आर्थिक विवरणहरू सार्वजनिक गर्न, एन्फा नेतृत्वको जवाफदेहिता सुनिश्चित गर्न र स्थगित घरेलु लिगहरू तुरुन्त सुरु गर्न माग गरेका छन् । 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १४:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार