शहरी विकासमन्त्री कुलमानले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन

बिहीबार, असोज २३, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानको अनुगमन गरेका छन् ।  बिहीबार मन्त्री घिसिङले कीर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका हुन् । उक्त मैदानको अनुगमन गर्दै उनले टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा भएको बताए । उनले यो नेपालको आवश्यकता भएकाले जुनसुकै सरकार आए पनि टियु क्रिकेट मैदानलाई प्राथमिकता दिएरै अगाडि लानुपर्ने बताए । उनले  भने, ‘धेरै खेलको पूर्वाधारहरू बनाउनुपर्ने छ । अरु पनि पूर्वाधारहरूलाई हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौं । टियू क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा हो । यो नेपालको आवश्यकता हो । आम नेपाली जनताको वा खेलाडीहरूको चाहना हो । यसलाई कुनै पनि सरकार आए पनि प्राथमिकता दिएरै अगाडि लानुपर्छ ।’ साथै उनले त्रिवि क्रिकेट मैदानको काम चाँडो सक्न निर्देशन पनि दिएका छन् । घिसिङले एक महिनाभित्र काम सक्न निर्देशन दिएका हुन् । उनले मैदानको पहिलो फेजको काम करिब अन्तिम चरणमा पुगेको र दोस्रो एवम तेस्रो फेजको काम अघि बढेको बताए । उनले नेपाल प्रिमियर लिग एनपीएल सुरु हुनुपूर्व नै फ्लर्ड लाइटको काम सक्न निर्देशन दिएका हुन् । ‘उनले भने १७ नोभेम्बर देखि एनपीएल सुरुहुँदै छ, सबै काम सक्नुस् ।’ उनले अब ४० दिनभन्दा कमको समय बाँकी रहेको भन्दै दिनरात नभनी काम गर्न पनि निर्देशन दिए । निर्माण कम्पनीका प्रतिनिधि सरोज दाहालले काम अन्तिम चरणमा पुगेको बताउँदै एनपीएल अघि तयार हुने बताए । अवलोकनका क्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले मन्त्रीसहितको टोलीलाई मैदान निर्माणको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

Kulman-Ghising--------1760010703.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार