बलराम पुडासैनीको वर पिपलु सार्वजनिक

मंगलबार, असोज २१, २०८२

हेटौंडा । गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो । गीतमा गायक पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छन् । किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय देख्न सकिन्छ ।  गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियोमा गीतको रेकर्डिङ् तथा भिडियोको छायाँकन गरिएको हो । गीतमा प्रेमको मधुर सुरुआत् र प्रेम सम्बन्ध तथा  विछोडपछिको पीडा र आत्मबोधलगायतका संवेदनाहरुलाई समेट्ने प्रयास गरिएको छ ।  प्रेममा पर्ने युवायुवतीहरुको भावना, ब्रेकअपपछि आउने मनोवैज्ञानिक उतरचढाव र पछुतोको गहिरो अनुभूतिलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ । गीतको शब्द र संगीतमा प्रेमले ल्याउने मिठास मात्रै होइन, टुटेको सम्बन्धपछि आत्मा भित्र बज्ने मौन र तितो सङ्गीतलाई झल्काइएको छ ।  गीतलाई युवापुस्ताको मनोदशा र यथार्थ प्रेमकथाको अभिव्यक्तिको रुपमा चित्रण गरिएको छ । विछोडपछिको पश्चाताप पनि कहिलेकाहीँ प्रेमकै गहिरो प्रमाण बन्छ भन्ने शन्देश बोकेको यस गीतलाई आजको युवा पुस्ताको कथाको रुपमा हेरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार