वेष्टइण्डिजलाई नेपालको मध्यम लक्ष्य

मंगलबार, असोज १४, २०८२

काठमाडौं । नेपालले युनिटी कपको तेस्रो खेलमा वेष्टइण्डिजलाई १ सय २३ रनको मध्यम लक्ष्य दिएको छ । शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १ सय २२ रनमा अल आउट भयो । नेपालका ओपनर कुशल भुर्तेलले २९ बलमा २ चौका र ३ छ्क्कासहित सर्वाधिक ३९ रन बनाए ।
सुरुवाती दुई खेल जितेको नेपालले तेस्रो खेलमा कुशल मल्ल र कुशल भुर्तेललाई ओपनिङमा पठाएको थियो । नियमित ओपनर आसिफ शेखलाई विश्राम दिँदा कुशल मल्ल ओपनिङमा आएका थिए । यी दुई ओपनरले पहिलो विकेटलाई ७ ओभरमा ४१ रनको साझेदारी गरेका थिए । मल्ल जेसन होल्डरको बलमा एज लागेर विकेटकिपर अमिर जांगोबाट २१ बलमा १ चौकासहित १२ रनमा आउट भए । कप्तान रोहित पौडेल १९ बलमा १ छक्कासहित १७ रनमा एज लागेर विकेटकिपरबाट नै क्याच आउट भए ।
गुल्शन झा १०, आरिफ शेख ६, आदिल आलम ३, सोमपाल कामी ४, करण केसी डक र सन्दीप जोरा १४ रनमा आउट भए ।
वेष्टइण्डिजका रमन सिमाण्ड्सले ३ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । जेडिवाह ब्लाड्सले ३।५ ओभरमा २० रन खर्चेर २ विकेट लिए । नेपालले पहिलो खेल १९ रन र दोस्रो खेल ९० रनले जितेको थियो । तीन खेलको सिरिजमा नेपाल आजको खेल जितेको क्लिनस्वीप गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार