नेपालले ब्याटिङ गर्दै,  ३ खेलाडी परिवर्तन

मंगलबार, असोज १४, २०८२

काठमाडौं । वेस्ट इन्डिजसँगको युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा पनि नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।  वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले लगातार तेस्रो खेलमा पहिला ब्याटिङ गरेको हो । पहिलो खेलमा पनि वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेको थियो । अहिलेसम्म नेपालले २.४ ओभरमा १५ रन बिना विकेट क्षतिमा खेलिरहेको छ ।हिजो दोस्रो खेलमा टस जितेका कप्तान रोहित पौडेलले ब्याटिङ रोजेका थिए । एतिहासिक सिरिज नेपालले जितिसकेको छ । अघिल्लो खेलको टोलीमा ३ खेलाडी परिवर्तन गरिएको छ। आजको खेलमा आरिफ शेख, लोकेश बम र सहाब आलामले प्लेइङ ११ मा छन् ।
सन्दीप लामिछाने अघिल्लो २ खेलमा जस्तै टोलीमा छैनन् । प्रशिक्षक स्टुवार्ट ल बाहेक नेपाल क्रिकेट संघ (क्यान) र सन्दीप आफैले नखेल्नुको कारण बताएका छैनन् । आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीलाई आराम दिइएको छ । पहिलो खेलमा नेपाल १९ र दोस्रोमा ९० रनले विजयी भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार