Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

वेस्ट इन्डिज र नेपालबीचको अन्तिम खेल आज हुँदै 

मंगलबार, असोज १४, २०८२

काठमाडौं ।  दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेपालबीचको टी– २० सिरिज युनिटी कपअन्तर्गत अन्तिम खेल आज हुँदैछ । खेल आज राति सवा ८ बजे यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा हुनेछ । नेपालले सिरिजको उपाधि जितिसकेको छ । लगातार दुई खेलमा शानदार जित दर्ता गर्दै उपाधि जितिसकेको नेपाललाई आज सिरिज ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ । टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग सिरिज खेलको हो ।
 

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार