सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । युनिटी कप टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराउँदै नेपालले एक खेलअघि सिरिज जितेको । टेष्ट राष्ट्र विरूद्ध नेपालले पहिलो पटक सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको हो। यो खेल र जित नेपाली क्रिकेटको लागि विशेष बनेको छ । साथै अल राउन्डर आदिल आलमको लागि भने सानदार पुनरागमन खेल बन्यो । प्रतिबन्ध फुकुवा भएपछि आदिल पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल रहे । अनि आजको खेलमा प्रशिक्षक स्टुवार्ट लले घाइते नन्दन यादवको स्थानमा आदिललाई मौका दिए । ३ वर्षपछि राष्ट्रिय टिमको लागि खेल्न पाएको मौकालाई अवसरमा बदल्न आदिल सफल रहे । १९ ओभर १ बलमा गुलशन झा आउट भएपछि ५ बल बाँकी छँदा आदिल क्रिजमा छिरे । ३ वर्ष पछि पहिलो पटक राष्ट्रिय टोलीको लागि आदिल मैदान प्रवेश गरे । आत्मविश्वासी आदिलले ५ बल खेल्दै १ छक्का र १ चौका सहित ११ रन जोडे । त्यसपछि बलिङमा उनको जादु चल्यो । ४ ओभरमा मात्र २४ रन खर्चेर ४ विकेट लिए । यो तथ्याङ्कले पनि उनको कमब्याक सानदार रहेको पुष्टि गर्छ । आजको खेलमा उनले सर्वाधिक विकेट लिए । २०७९ सालको मंसिरमा टियु मैदनामा भएको नेपाल टि-ट्वान्टी क्रिकेट लिगमा आदि माथि स्पट फिक्सिङको आरोप लागेको थियो । सो आरोपले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लागेको थियो । काठमाडौं जिल्ला अदालतले २०८० को चैतमा उनलाई सफाई दिएको थियो । यसपछि क्यानको इन्टेग्रिटी कमिटीले प्रतिबन्ध फुकुवा गर्ने सिफारिस गर्यो । २०८२ वैशाख २१ गते देखि लागु हुने गरी क्यानले उनको प्रतिबन्ध फुकुवा गरेको थियो । प्रतिबन्ध फुकुवापछि नेपाल ‘ए’ टिम हुँदै उनले राष्ट्रिय टोलीमा पुनरागमन गरेका यात्रा हुन् ।