Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

भारतले उचाल्यो एसिया कपको उपाधि 

सोमबार, असोज १३, २०८२

काठमाडौं । एसिया कपको उपाधि भारतले उचालेको छ । गएराति यूएईमा भएको फाइनल भिडन्तमा भारतले पाँच विकेटको जित निकाल्दै उपाधि उचालेको हो । टस जितेर सुरुमा फिल्डिङ गरेको भारतलाई पाकिस्तानले १४७ रनको लक्ष्य दिएको थियो । भारतले १९ ओभर चार बलमा पाँच विकेटको क्षतिमा १५० रन बनाउँदै उक्त लक्ष्य पूरा गरेको हो । आक्रामक सुरुवात गरेको पाकिस्तानको पछिल्लोक्रम सम्हालिएर खेल्न नसक्दा उपाधि गुमाएको हो । पाकिस्ताने १९ ओभर एक बलमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो ।  १४७ रनको लक्ष्य पछ्याएको भारतका लागि तिलक बर्माले अर्धशतकीय इनिङ खेले । ५३ बलको सामना गरेका उनले नटआउट ६९ रन बनाएका हुन् ।  

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार