सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको आज ऐतिहासिक टी–२० सिरिजको पहिलो खेल हुँदैछ । शनिबार हुन लागेको खेल नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको खेल यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८ ः १५ बजे सुरु हुने तय भएको छ । वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन् । नेपाल र वेस्ट इन्डिजको सिरिजका अन्य दुई खेल असोज १३ र १४ गते हुनेछन् । वेस्ट इन्डिजसँग तीन खेल खेलिसकेपछि नेपाली टोली उतैबाट ओमान प्रस्थान गर्ने क्यानले जनाएको छ । ओमानमा अर्को सातादेखि आईसीसी टी–२० एसिया कप क्षेत्रीय छनोट हुँदैछ ।
यसरी खेल्न सक्छ वेष्टइण्डिजविरुद्ध नेपाल नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक वेष्टइण्डिजसँग टी–२० आई खेल खेल्दैछ । तीन खेलको सिरिज अन्तर्गत पहिलो खेल शनिबार साँझ ८ः४५ मा शारजाह क्रिकेट रंगशालामा हुनेछ । अर्को सातादेखि ओमानमा हुने आईसीसी टी ट्वान्टी एसिया कप क्षेत्रिय छनोट अघि तयारीको रुपमा नेपालले वेष्टइण्डिजसँग टी–२० आई खेलको सिरिज खेलेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेस्ट टोलीसँग सिरिज खेल्दैछ । नेपालको टोलीमा प्लेइङ ११ मा पर्न टोलीभित्र उच्च प्रतिस्पर्धा हुँदा कप्तान, प्रशिक्षक र टिम म्यानेजमेन्टलाई सहज हुनेछैन । तर मैदानको अवस्था, विपक्षी टोलीको कमजोरी र विश्वकप छनोटलाई ध्यानमा राख्दै नेपालले आफ्नो प्लेइङ ११ मैदान उतार्ने देखिन्छ । ब्याटिङमा गहिराई र बलिङमा धेरै विकल्पका साथ मैदान उत्र्रिने देखिन्छ । नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिने देखिन्छ । सन् २०२१ देखि आसिफ र कुशल भुर्तेलले नेपालको टोलीमा ओपनिङ गर्दै सफल बनेका छन् । पछिल्लो समय नेपालले ओपनिङ जोडीमा अन्य खेलाडीलाई परिवर्तन गरेर हेरेको थियो । तर ती परिक्षण सफल नभएपछि आसिफ र भुर्तेलले निरन्तरता पाउनेछन् । आसिफको भूमिका इनिङ ठूलो र कुशलको आक्रामक हुनेछ । तर दुबै ओपनरले पछिल्लो समय अपेक्षा अनुसार खेल्न सकेका छैनन् । त्यसैले दुबै ओपनरलाई ठूलो इनिङको दबाब हुनेछ । तेस्रो नम्बरमा कप्तान रोहित पौडेलको सम्भावना छ । चौथो नम्बरमा नेपालले कुशल मल्ललाई मैदान पठाउन सक्छ । यदि ओपनिङ सुरुवात राम्रो भएमा कुशल तेस्रो नम्बरमा पनि आउन सक्छन् । वेष्टइण्डिजका कप्तान अकिल हुसेनले पावर प्लेमा बलिङ गर्ने हुँदा कुशल तेस्रो नम्बरमा आउन सक्छन् । रोहित र कुशल मल्ल तेस्रो र चौथो नम्बरमा खेल्नेछन् । पाँचौं नम्बरमा दीपेन्द्रसिंह ऐरी हुनेछन् । टेस्ट टोलीविरुद्ध कमजोर प्रदर्शन गर्दै आएका दीपेन्द्रबाट नेपालले उत्कृष्ट ब्याटिङ चाहन्छ । सिनियर टोलीमा तीन वर्षपछि फर्किएका आदिल अन्सारी छैटौं नम्बरमा खेल्ने सम्भावना छ । आदिल क्लिनहिटर हुँदा नेपाल अन्त्य राम्रो चाहन्छ । विश्वकप छनोट अघि नेपालले आदिलको क्षमता पनि हेर्न चाहने हुँदा वेष्टइण्डिजविरुद्ध मौका दिने बलियो सम्भावना छ । नेपालले प्रमुख तीन तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र गुल्शन झालाई मैदान उतार्ने सम्भावना छ । डेथ ओभर स्पेलिष्ट नन्दन यादवलाई पहिलो खेलमा नेपालले विश्राम दिने सम्भावना देखिन्छ । त्यसैले गुल्शन सातौं, करण आठौं र सोमपाल नवौं नम्बरमा ब्याटिङ गर्न आउनेछन् । नेपालको ब्याटिङ नौं नम्बरसम्म हुनेछ । यी तीन तीव्र गतिका बलरको भूमिका अन्त्यमा आक्रामक ब्याटिङ हुनेछ । यदि टोलीले खराब ब्याटिङ गरे सोमपाल माथि आएर खेल्न सक्छन् । बलिङमा सोमपाल र करणले पावर प्लेमा बलिङ गर्नेछन् । गुल्शनले मध्यक्रममा साथ दिनसक्छन् । तर नेपाल स्पिन आक्रामणलाई बढी ध्यान दिनेछ । वेष्टइण्डिजका ब्याटर स्पिन खेल्न लगातार संघर्ष गरेको हुँदा नेपालले दुई प्रमुख स्पिनर सन्दीप लामिछाने र ललित नारायण राजवंशीलाई मैदान उतार्ने देखिन्छ । पार्टटाईममा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र रोहित पौडेल हुनेछन् । दीपेन्द्र र कुशल मल्ल पहिलो रोजाईका पार्टटाईम स्पिनर हुन् ।
नेपालको सम्भावित प्लेइङ ११
आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।
अवसरको ढोका खोल्न ऐतिहासिक सिरिजको नतिजा महत्वपूर्ण हुन्छ : कप्तान रोहित
युएईको शारजाह क्रिकेट स्टेडियममा सुरू हुने ऐतिहासिक युनिटी कप हुँदैछ । टेष्ट राष्ट्रसँग नेपालले पहिलो सिरिज भएकाले यसलाई महत्वका साथ हेरिएको छ । सिरिज अगाडि नेपाल र वेस्ट इन्डिजले प्रि म्याच कन्फ्रेन्समा उत्कृष्ट क्रिकेट खेल्ने बताएका छन् । वेस्ट इन्डिजका कप्तान सकिल होसेनले युनिटी कपमा नेपालसँग खेल्न पाएकोमा खुशी लागेको बताए। नेपालसँगको यो ऐतिहासिक सिरिज खेल्न उत्साही भएको र राम्रो क्रिकेट हुने, उनले भने । उनले पहिलो पटक कप्तानको जिम्मेवारीमा निभाउँदै छन् । टोलीमा युवा खेलाडीहरू रहेको भन्दै नेपाललाई सजिलै नलिने र नेपालको जितको भोक बारे जानकार रहेको पनि बताए । भर्खरै सिपिएलमा सहभागी भएर आएकोले वेस्ट इन्डिजलाई सहज हुन सक्छ । नेपाली टोलीका कप्तान रोहित पौडेलले यो ऐतिहासिक अवसरको लागि वेस्ट इन्डिज क्रिकेट बोर्डलाई धन्यवाद दिंदै राम्रो तयारी भएकोले नेपाल तयार रहेको बताए । नेपालले नै आयोजना गरे पनि यो सिरिज युएईमा हुँदैछ । तर पनि केहि दिन अगाडि आएर प्रशिक्षण गरेको र यहाँको कन्डिसनको आधारमा खेल्ने बताए । नेपालले यसअघि एसिया कप लगायतको टेष्ट राष्ट्रसँग खेलेको अनुभवहरूलाई सदुपयोग गरेर जित्नकै लागि खेल्ने र टोली जितको लागि तयार रहेकोमा रोहित विश्वस्त छन् । साथै यो सिरिजको प्रदर्शन निकै महत्वपूर्ण रहने भन्दै आगामी दिनमा यो सिरिजको नतिजाले यस्तो अवसरको बाटो खोल्ने बताए । त्यसैले यो सिरिजको नतिजा नेपालको लागि बढी महत्वपूर्ण रहनेछ । नेपालले यसअघि गत वर्ष वेस्ट इन्डिजको ‘ए’ टिमसँग खेलेको अनुभव पनि रहेको छ। अहिलेको टोलीमा वेस्ट इन्डिज ‘ए’ का केही खेलाडी पनि छन् ।