साफ यू–१७ च्याम्पियनशिप फुटबलमा नेपाल भारतसँग पराजित

शुक्रबार, असोज १०, २०८२

काठमाडौं । साफ यू–१७ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।  श्रीलङ्काको कोलम्बो रेसकोर्समा बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतसँग नेपाल ३–० गोलले पराजित भएको हो । यो पराजयसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलको अन्तिम चरणबाट बाहिरिएको छ । भारत भने साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपाल समूह ‘ए’को उपविजेता तथा भारत समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार