सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाहिरबाट सामान आउन ढिलो हुँदा कीर्तिपुरस्थित क्रिकेट मैदानको फ्लड लाइट जडान कार्य ढिलो भएको बताएका छन् । कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत अनुगमन गर्दै उनले गुणस्तिरीय बत्तिहरु जडान गर्न बाहिरबाट सामान ल्याउनुपर्ने भएकाले काम ढिलो भएको बताएका हुन् ।
उनले भने, ‘हामीले सबैभन्दा राम्रो गुणस्तर भएको बत्ति राखौ भनेर फ्यान्ट्रिबाट हामीलाई दिएको डेटलाइन अनुसार सामान दिन नसकेको कारण ढिलो भयो । बाहिरबाट यो बत्तिहरु पनि विशेष प्रकारको आउनेक्रम सुरु भएको छ । अहिले २ गतेसम्ममा तीनवटा पोल छ, चार, पाँच र छ नम्बरको पोल खडा गरेर बत्तिहरु जडान गरिन्छ । त्यसले यो स्टुडियमको रातिको स्वरुपको झझल्को हुन्छ ।’ नेपालीहरुमा क्रिकेटको रुची बढेको भन्दै उनले नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने बताए ।