नयाँ चलचित्र ‘द प्रोफेस्नल गाइज’ निर्माण

बुधबार, भदौ १८, २०८२

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘द प्रोफेस्नल गाइज’ निर्माण भएको छ । चलचित्रका लेखक तथा निर्देशक मार्टिन भण्डारी र डार्विन श्रेष्ठ रहेका छन् । सह–लेखन एवं सिर्जनात्मक निर्देशन अमन श्रेष्ठले गरेका हुन् । जे. के. एस. इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र चाँडै प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । सुकेधारा स्थित अस्कर इन्टरनेसनल कलेजको साधना घर थिएटरमा चलचित्रका लेखक तथा निर्देशक डार्विन श्रेष्ठ र जे.के.एस इन्टरटेन्मेन्टका फाउन्डर अमन श्रेष्ठका बुबा झनकुमार श्रेष्ठको जन्मदिनको अवसर पारेर चलचित्रको टाईटल एनाउन्समेन्ट कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा चलचित्रसँग सम्बन्धित निर्देशक, निर्माता, कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा चलचित्र प्रेमी दर्शकहरूकोे उपस्थिति रहेको थियो । अस्कर कलेजमै पहिले चलचित्रको कन्सेप्ट सुनाएको र त्यही कलेजमा चलचित्र निर्माणपछि टाईटल एनाउन्समेन्ट कार्यक्रम आयोजना गरिएको चलचित्रको लेखक तथा निर्देशक मार्टिन भण्डारीले बताए । सबैको मेहनतले चलचित्र निर्माण गर्न सफल भएको चलचित्रका सह–लेखक एवं सिर्जनात्मक निर्देशक अमन श्रेष्ठले बताए । चलचित्रको पोष्टर, टिजर, ट्रेलर तथा चलचित्रसँग सम्बन्धित समाग्रीहरु केहि समयपछि सार्वजनिक गरिँदै जाने निर्माण पक्षले जनाएको छ । चलचित्रको एनिमेटेड शीर्षकलाई हेर्दा चलचित्रको विषयवस्तु थ्रिलर कमेडी भएको अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार