सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई १७६ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए भने थोमस रोजर्सले ६५ रनको योगदान दिए । यी दुईले दोस्रो विकेटका लागि १२० रनको महत्वपूर्ण साझेदारी गरे । कप्तान क्याम्पबेल केलावे पहिलो ओभरमै व्यक्तिगत २ रनमा आउट भएपनि ब्लेक र थोमसले टोलीलाई सम्हाले । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र शाहब आलमले १–१ विकेट लिए । यस्तै, मेलबर्नका २ खेलाडी रनआउट भएका थिए । नेपाल यसअघि पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग र दोस्रो खेलमा शनिबार बंगलादेश एसँग पराजित भएको थियो ।