ब्युटिसियन सुष्माको आफ्नै जीवनमा आधारित ‘तीज आयो’ सार्वजनिक

बुधबार, साउन २८, २०८२
Global Ime Bank

काठमाडौं । ब्युटिसियन सुष्मा महराको तीज गीत ‘तीज आयो’ सार्वजनिक भएको छ ।  बुधबार काठमाडौंको सिटी सेन्टरमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीत ‘तीज आयो’ सार्वजनिक गरिएको हो ।  गीत सार्वजनिक पछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा महराले गीत मार्फत उनले आफ्नो जीवन्त झल्काउने कोशिस गरेको बताईन् । उनले आफ्नै जीवनीमा आधारित भएर गीत लेख्दा बिगतका दिनहरुको याद आई परेलीमा आँसु भरिएको स्मरण गरिन् ।  उनले भनिन्,‘अहिलेको यो प्रस्तुतीमा मैले आफ्नो जीवन्त झल्काएको छु । हजुरहरुले भिडियोमा हेर्नुभयो भने स्पष्ट बुझ्न सक्नुहुने छ । सबैजना मिलेर हेर्नुहोस् । मैले पस्केको गीतमा केही त्रुटी या कमजोरी भए औल्याइदिनुहोला त्यसले मलाई भोलीको दिनमा सुधार्न मद्दत पुग्ने छ । आफ्नै जीवनीमा आधारित भएर गीत लेख्दा ती बिगतका दिनहरु याद आउने रहेछन् । यी दुईटा परेलीमा आँसु भरिँदो रहेछ ।’  सुष्माको आफ्नै शब्द,पुरुषोत्तम न्यौपानेको संगीत,रचना रिमाल र एलिना चौहानको स्वरमा तयार भएको गीतमा सुकुमाया मगर(पियारी) र सुष्मा स्वयम्ले पनि नृत्य गरेकी छिन् । गीतको एरेन्ज केशव बडुले गरेका हुन् ।  फेसियल हाउसको प्रस्तुतिमा तयार भएको गीतको भिडियोको निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेको छन् भने चक्र बहादुर बरालले छायांकन गरेका हुन् । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार