बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ नगद पुरस्कार दिने

बुधबार, साउन २८, २०८२
Global Ime Bank

काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले प्रोत्साहन स्वरुप पाँच लाख रुपैयाँ नगद पुरस्कारको घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै बान्टमवेट च्याम्पियन बनेका ढाँटलाई प्रोत्साहन स्वरुप पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जाल फेसबुकबाट ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ प्रदान गरिने निर्णय समेत गरिएको जानकारी दिएका छन् ।  उनले पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल भएकोमा ढाँटलार्ई बधाई समेत दिएका छन् । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार