रेडियन्ट ‘ए’ र अपी क्वाटरफाइनलमा प्रवेश

मंगलबार, साउन २७, २०८२
Global Ime Bank

काठमाडौं । प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगितामा आयोजक रेडियन्ट रिडर्स एकेडेमी ‘ए’ मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा भएको खेलमा रेडियन्ट ‘ए’ ले मृगसिरालाई ६ विकेटले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । सोही दिनका अन्य खेलमा अपीले उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो जित हात पार्‍यो । अपीले पहिलो खेलमा विश्व निकेतनलाई १३ रनले र दोस्रो खेलमा मनकामनालाई ४९ रनले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो । यस्तै, गेटवे एकेडेमीले मोक्षदालाई ७ विकेटले हरायो भने मोक्षदाले रेडियन्ट ‘बी’ लाई ५ विकेटले पराजित गर्‍यो । लिग चरणको अन्तिम दिन बुधबार ६ खेल हुने तय भएको छ। सो दिनै १ क्वाटरफाइनल खेल पनि हुने प्राविधिक प्रमुख रविन्द्र गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार