मधेश युनाईटेडको नयाँ लोगो सार्वजनिक

बिहीबार, साउन २२, २०८२
Global Ime Bank

काठमाडौं । मधेश युनाईटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतीकमा समेटेको छ । नयाँ लोगो हरियो रङ्को रहेको छ । खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएको छ जसले टिमको खेल र प्रतिस्पर्धाको भाव दर्शाउँछ । यसको चारै तिरका लहरहरूले भलिबलको गतिशीलता, ऊर्जा र तीव्रताको प्रतीक दर्शाउँछ ।  लोगोको माथिल्लो भागमा जानकी मन्दिर प्रेरित एक मन्दिरको आकृति रहेको छ, जुन मधेश क्षेत्रको सांस्कृतिक पहिचान र धार्मिक सम्पदाको प्रतीक हो । मन्दिरले मधेशको ऐतिहासिकता र संस्कृतिलाई समेटेको छ । मधेश युनाईटेड को लोगो खेलकुद र संस्कृतिको उत्कृष्ट संयोजन बनेको छ जसले मधेशको सांस्कृतिक सम्पदा र महिला भलिबलको उदयशील प्रतिनिधित्वलाई एकै साथ प्रस्तुत गरेको छ ।

खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा, सरस्वती कटेल, उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद ।
प्रशिक्षक : कोपिला उप्रेती ।
ब्रान्ड एम्बेसडर : नीति शाह ।
 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार