बद्रीलालले जिते युनाइट नेपाल चेस उपाधि 

आइतबार, साउन १८, २०८२
Global Ime Bank

काठमाडौं । सिनियर चेस खेलाडी मोहन सिंह प्रधानको प्रायोजनमा ५० वर्ष माथिका बयालिस प्रतिस्पर्धि राष्ट्रिय खेलाडीहरु बिच एक दिने युनाइट नेपाल ब्लिट्ज चेस प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँको शंखमुल स्थित नेचर हर्बस् सभाहलमा सञ्चालन भएको ७ चरणको खेलमा तीनपटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले उपाधि जित्न सफल भएका छन् । समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले ललितपुरका बद्रीलाल नेपालीलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका छन् । प्रतिस्पर्धामा भक्तपुर जिल्लाका द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने पुरुषोत्तम दुवाल र राजेश कक्षपतिलाई नगद पुरस्कारले सम्मान गरेका छन् ।  स्पर्धामा दशौँ स्थानसम्म प्राप्त खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको कार्यक्रममा ललितपुरका राजेन्द्र बज्राचार्य चौथो, काठमाडौँका सीएम भगवती प्रसाद शर्मा पाँचौं भए । यस्तै छैठौँ र सातौं स्थानमा भक्तपुरका गणेशमान दुवाल, जगन्नाथ ताम्राकार, काठमाडौँका आशा नारायण लवट आठौँ, काठमाडौँका महेश्वरलाल डंगोल नवौं र जनार्दन श्रेष्ठ  दशौं स्थानमा रहे । यसैगरी ६० वर्ष माथिको उत्कृष्ट खेलाडी पूर्वनेपाल च्याम्पियन सिएमए नविन तण्डुकार, उत्कृष्ट २५ औं झापा जिल्लाका कृष्ण सिग्देल र १७०० रेटिङ मुनि सिरहाका राज नारायण यादव उत्कृष्ट खेलाडी बन्दै नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन् । फिडे इभेन्ट कोड ४३२५३९ रहेको प्रतियोगितालाई ललितपुरका सानुराज बज्राचार्यले निर्देशन गरेका थिए भने भक्तपुरका आईए ज्ञानेन्द्र खाइजुले निर्णायकको भूमिका निर्वाह गरेका छन् । 

E8hNg880-1754225163.jpg
 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार