रवीन्द्र ढाँटले जिते एमएफएनको उपाधि

आइतबार, साउन १८, २०८२
Global Ime Bank

काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका छन् । भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै उनले च्याम्पियनसिप टाइटल जितेका हुन् ।  यो जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर समेत बनेका छन् । यो जितसँगै रवीन्द्रको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ भने उनले कोरेनको पाँच खेलको जित यात्रा तोडेका छन् । शक्तिशाली रेसलिङ र आक्रामक पावरका लागि चर्चित ‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरेपनि रवीन्द्रले शान्त संयोजन र कुशल रणनीतिका साथ जवाफ दिएका थिए । तेस्रो राउण्डमा खेलको मोड बदलियो। रवीन्द्रले तीव्र गतिमा प्रहार गर्न थालेपछि कोरेनलाई गम्भीर संकटमा पार्‍यो। अन्ततः निर्णायक कम्बिनेसन प्रहारपछि रेफ्रीले फाइट रोके र रवीन्द्रलाई टीकेओ द्वारा विजेता घोषित गरे । विजयी क्षणमा रंगशाला उत्साहले भरिएको थियो । पिजरमाथि नेपाली झन्डा गर्वका साथ फहराइएको थियो।

 

 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार