एक्टिभ, दीप ज्योति र जेबीलाई उपाधि

आइतबार, साउन १८, २०८२
Global Ime Bank

काठमाडौं । दोस्रो टोखा नगर प्याब्सन अन्तर्विद्यालय फुटसल प्रतियोगितामा एक्टिभ स्कुल, दीप ज्योति र जेबी स्कुलले एक्टिभ, दीप ज्योति र जेबीलाई उपाधि जितेका छन् ।  सिनियर ब्वाइजमा एक्टिभ, सिनियर गल्र्समा दीपज्योति र जुनियर ब्वाइजमा जेबी स्कुल च्याम्पियन भएका हुन् । टोखा नगर प्याब्सनको आयोजनामा बसुन्धरास्थित काठमाडौँ ग्लोबल स्कुलमा भएको सिनियर ब्वाइज एक्टिभले स्वेता सदनलाई टाइब्रेकर ३–२ गोलले हरायो । सिनियर गल्र्सको उपाधि भिडन्तमा दीपज्योतिले काठमाडौँ ग्लोबल स्कुललाई टाइब्रेकरमा ४–३ गोलले हरायो । जुनियर ब्वाइजको फाइनलमा जेबी स्कुलले ग्रिनल्यान्डलाई २–० ले हराउन सफल भयो ।  विजेतालाई प्याब्सनका केन्द्रीय सहअध्यक्ष गोपाल आचार्य र उपाध्यक्ष थकिनकुमार गुरुङ, काठमाडौँ प्याब्सनका अध्यक्ष नवराज भट्ट, काठमाडौँ जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा र आयोजक टोखा नगर प्याब्सनका अध्यक्ष अरुणकुमार केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा २१, जुनियर ब्वाइजमा १४ र गल्र्समा ७ टोलीले प्रतिस्पर्धा गरेको टोखा नगर प्याब्सनका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक दिपेन्द्र थापाले जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार