सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली टोलीले डाना कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । डेनमार्कमा भएको प्रतियोगितामा एजी १० फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त यु–१४ टोलीले उपाधि जितेको हो । उक्त टोलीले फाइनलमा केन्याको इलाइट सकर एकेडेमीलाई ३–० गोलले पराजित गर्यो । विजयी टिमका लागि रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले समान १–१ गोल गरे ।