सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । महालक्ष्मी नगरपालिका जनप्रतिनिधि, कर्मचारी, शिक्षा समूहका प्रतिनिधि तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच महालक्ष्मी नगरपालिकामा सुरक्षित विद्यालय कार्यक्रम अन्तर्गतको हरित विद्यालय निर्देशिका सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिकाले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)को सहयोगमा नगरपालिकाको सभाहलमा हरित विद्यालय निर्देशिका सम्बन्धी अभिमुखीकर आयोजना गरेको हो । महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी महर्जन, वडा नं. ५ का वडाअध्यक्ष कपिल केसी, वडा नं. ७ का वडाअध्यक्ष बाबुराजा महर्जन, तथा वडा नं. ८ का वडाअध्यक्ष विश्वराज श्रेष्ठको पनि उपस्थिति रहेको थियो । हरित विद्यालयको अवधारण अनुसार विद्यालयले खपत गर्ने ऊर्जा, पानी जस्ता स्रोतहरूको समुचित प्रयोग गर्दै विद्यालयबाट उत्सर्जित हुने फोहोरको उचिव व्यवस्थापन गर्ने विद्यालयलाई सिर्जनशल प्रक्रियामार्फत विद्यालयबाट हरियाली कायम गर्दै शिक्षण सिकाइका क्रियाकलापहरुसमेतलाई समावेश गर्न सकिने विषयमा छलफल भएको थियो । यस्तै कार्यक्रममा विद्यालयहरूमा हरित तथा वातावरणमैत्री अभ्यासहरूको प्रवर्द्धन, आपतकालीन पूर्वतयारी, सरसफाइ, विद्यार्थी सहभागिता लगायतका विषयहरूमा विस्तृत छलफल गरिएको थियो ।
हरित विद्यालय हुनका लागि हरियाली प्रवर्धन, फोहोर मैला व्यवस्थापन, पानी व्यवस्थापन तथा सरसफाई, ऊर्जामैत्री विद्यालय, सिकाई केन्द्रको विकास तथा इको क्लब गठन गर्नुपर्ने विषयमा पनि अभिमुखीकरण कार्यक्रममा सहभागीबीच छलफल भएको थियो । बढ्दो वातावरणी समस्या, जलवायु परिवर्तन तथा ऊर्जा संकट अहिले विश्वका जल्दाबल्दा चुनौतीहरूको रुपमा देखा परेको तथा ती समस्याहरू मानवजन्य क्रियाकलापले गर्दा नै प्रमुख रुपले निम्तिएको बारेमा पनि सहभागीबीच छलफल भएको थियो । प्राकृतिक स्रोतहरूको अत्याधिक दोहन, विकासका नाममा भएका वनजंगलको विनाश, मानववस्ती र औद्योगिक क्षेत्रको तीब्र विस्तार, कृषिमा रासायनिक मलखाद तथा किटनाशक विषादीको जथाभावी प्रयोग गर्दा कार्यहरुले हाम्रो वरिपरिको हावा, पानी र जमिनमा नकरात्मक असर पुग्न गएको बारेमा पनि अभिमुखीकरण कार्यक्रममा सहभागी भएका सरोकारवालाबीच छलफल भएको थियो ।
कार्यक्रममा नगर प्रमुख हरिगोविन्द श्रेष्ठले विद्यालयलाई वडा, वडालाई नगर चाहिने भएपनि सो अनुरुप काम नभएको भन्दै असन्तुष्ठि व्यक्त गर्नुभयो । आफू निर्वाचित भएर आएको तीन वर्ष पूरा भएको स्मरण गराउँदै नगर प्रमुख श्रेष्ठले भन्नुभयो,‘यो अवधिमा नगरका सामुदायिक विद्यालयहरूले हरित विद्यालय अवधारणलाई कार्यान्वयन गर्न नगरपालिकाबाट आर्थिक सहयोग माग्न आएको छैन । अहिले पनि समयै ध्यान दिन नसक्दा बजेटमा यो विषय पार्न सकेनौं । विद्यालयले भौतिक पूर्वाधारतर्फ मात्रै केन्द्रित भएर बजेट माग्ने प्रवृत्ति बढ्यो ।’ हरित विद्यालयको अवधारण मनन गर्न सकेनौ उहाँले भन्नुभयो,‘हरित विद्यालयको अवधारण नगरपालिका भित्र रहेका १४ वटै सामुदायिक विद्यालयमा कार्यान्वयन गर्न हिउँदे अधिवेशनमा ठोस प्रस्ताव आयोस ।’ कार्यक्रममा महालक्ष्मी नगरपालिका शिक्षा निर्देशक चिरञ्जीवी पौडेलले हरित विद्यालय अवधारणलाई कार्यान्वयन गर्द विद्यालयहरूले पाठ्यक्रमसँग संयोजन गर्ने विषय महत्वपूर्ण रहेको धारणा राख्नुभयो । कार्यक्रममा एनसेटका तिवेन्द्रै बास्कोटा, सुशील पण्डित तथा सिर्जना खड्काले प्रस्तुति दिनु भएको थियो भने युनिसेफका डोरबहादुर योगीले अवधारणबारे मन्तव्य व्यक्त गर्नु भएको थियो ।