सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । जेन वाई ललितपुरले जेनजीहरुले आह्वान गरेको आन्दोलनमा भदौ २३ र २४ गते सहादत प्राप्त गरेका युवा शहीदहरुको सम्मान र सम्झनामा श्रद्धाञ्जलि र्याली आयोजना गरेको छ । जेन वाई ललितपुरको आह्वानमा सुनाकोठी चौतारामा जम्मा भएका जेन जेड, जेन वाई, बुदोकैदो क्लब, सफल महिला समूह र स्थानीय बासिन्दा सहभागी भएको उक्त र्याली चिवहाल सम्म पुगेको थियो । चिवहालमा आयोजित मौनधारण कार्यक्रममा सातदोबाटो र चापागाउँ दोबाटोबाट श्रद्धाञ्जलि र्यालीमा सहभागी हुन आएकाहरु सामेल भएका थिए । मौनधारणसँगसँगै उनीहरुले दीप प्रज्जवलन गरेर मृतकको आत्माको चीरशान्तिको कामना गरेका थिए । त्यसैगरी उनीहरुले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए । सफल महिला समूहकी अध्यक्ष सुनिता खड्काले जेनजीको माग जायज भएको बताउँदै वर्तमान सरकारले जेनजीले उठाएका मागलाई अक्षरश सम्बोधन गर्नुपर्ने बताइन् ।