सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । गोदावरी नगरपालिका १० नं. वडाले जेनजी पुस्ताको प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते सहादत प्राप्त गरेका युवा शहीदहरुको सम्मान र सम्झनामा श्रद्धाञ्जलि सभा आयोजना गर्ने भएको छ । वडा कार्यालयले सूचना जारी गर्दै बुधबार साँझ ५ बजे दीप प्रज्जवलन गरी श्रद्धाञ्जलि सभा आयोजना गर्ने जनाएको छ । वडाअध्यक्ष शेखर न्यौपानेद्धारा हस्ताक्षरित सूचना भनिएको छ, 'श्रद्धाञ्जलि सभामा सम्पूर्ण वडावासीलाई सहभागी हुन आह्वान गर्दछु ।’ श्रद्धाञ्जलि सभा प्याङगाउँस्थित वडा कार्यालय अगाडि गरिने जनाइएको छ । यसै गरी वडा कार्यालयले राष्ट्र संकटमा रहेका बेला वडा भित्र मनोरञ्जनात्मक कार्यक्रम नगर्न पनि वडावासीमा आह्वान गरेको छ ।