सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिका २४ नं. वडाले जेनजी पुस्ताको प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते सहादत प्राप्त गरेका युवा शहीदहरुको सम्मानमा श्रद्धाञ्जलि सभा आयोजना गर्ने भएको छ । वडा कार्यालयले सूचना जारी गर्दै बुधबार साँझ ५ः३० बजे दीप प्रज्जवलनसहित श्रद्धाञ्जलि सभा आयोजना गर्ने जनाएको हो । वडाअध्यक्ष दिनेशजंग पाण्डेले श्रद्धाञ्जलि सभा तथा दीप प्रज्जवलनमा सम्पूर्ण वडावासीलाई सहभागी हुन आह्वान गरेका छन् । श्रद्धाञ्जलि सभा धापाखेल तीनकुने पोखरीस्थित वडा कार्यालय भवन अगाडि दानघाट चोकमा गरिने जनाइएको छ । २०८२ साल भाद्र २३ , २४ गते जेन्जी पुस्ताबाट गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउनु भएकाहरु प्रति सम्मान स्वरुप यस ल पु म न पा, वडा कार्यालय धापाखेल २४ द्वारा वडा कार्यालय परिसर तिनकुने (दानघाट) चोकमा शोक सभा तथा दीप प्रज्जलन कार्यक्रम राखिएको ले सम्पूर्ण जनप्रतिनिधि, आन्दोलनरत साथीहरू, राजनैनिक दल, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीयवासी लगायतसबैमा उपस्थितिको लागि अनुरोध गरिन्छ वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । यसैबीच वडा कार्यालयले बिहान राष्ट्रिय झण्डा आधा झुकाएको छ । ‘जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भए बमोजिम वडा कार्यालयले राष्ट्रिय झण्डा आधा झुकाएको वडाअध्यक्ष दिनेश जंग पाण्डले जानकारी दिए ।