गोदावरी वडा नं. १० ले गर्‍यो जेनजी शहीदको सम्झनामा श्रद्धाञ्जलि सभा 

बुधबार, असोज १, २०८२

ललितपुर । गोदावरी नगरपालिका वडा नं. १० ले जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते सहादत प्राप्त गरेका युवा शहीदहरुको सम्मान र सम्झनामा श्रद्धाञ्जलि सभा आयोजना गरेको छ । वडा कार्यालयले सूचना जारी गरी बुधबार दीप प्रज्जवलन गरेर श्रद्धाञ्जलि सभा आयोजना गर्ने जानकारी गराएको थियो । श्रद्धाञ्जलि सभामा वडाअध्यक्ष शेखर न्यौपानेले जेनजी पुस्ताले उठाएका आवाजको सम्बोधन हुनुपर्ने बताए । जेनजीको आवाज उचित भएको बताउँदै उनले यो आवाजलाई सबै मिलेर सम्बोधन गर्नुपर्ने धारणा राखे । हरेक क्षेत्रमा पुस्तान्तरण आवश्यक रहेको बताउँदै उनले यो विषयलाई सबैले मनन गर्नुपर्नेमा जोड दिए । उनले आन्दोलनमा निधन भएकाहरुमा श्रद्धाञ्जलि अपर्ण गर्दै शोककुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।  प्याङगाउँस्थित वडा कार्यालय अगाडि गरिएको श्रद्धाञ्जलि सभामा स्थानायीवासी, विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो । सभामा सहभागी सबैले श्रद्धाञ्जलि अपर्ण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए ।

WhatsApp-Image-2025-09-17-at-21.55.01-1758127756.jpeg
 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  २२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार