सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेपछि तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट लगाएर अतिआवश्यक सेवा सञ्चालन गरिएको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिए । उनका अनुसार विभिन्न सुरक्षा निकायको सहयोगमा प्राप्त टेन्टमार्फत क्यान्सर, मिर्गौला लगायतका गम्भीर रोगका बिरामीलाई उपचार सिफारिस गर्ने र तत्काल गर्नुपर्ने सेवा सुरु गरिएको हो । आगजनी र तोडफोडले क्षतिग्रस्त भएका दुईवटै पालिका भवन सफाइ गरिएको भएपनि प्राविधिक परीक्षण पूरा नभएकाले तत्काल प्रयोगमा ल्याउन नसकिने जनाइएको छ । नगरप्रमुख खड्काले प्राविधिक मूल्याङ्कन सकारात्मक आएपछि भवन मर्मत गरी प्रयोगमा ल्याइने बताए । पालिकाले निर्माण गरेको नौतले व्यापारिक भवनमा सिसा फुट्नु र शौचालय तोडफोडबाहेक ठूलो क्षति नभएको जनाइएको छ । भवन ठेकेदारले पालिकालाई हस्तान्तरण नगरेकाले तत्काल प्रयोगमा ल्याउन सकिएको छैन । आगजनीका क्रममा उपमहानगरपालिकाका दमकलसहित २० भन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन् ।