एनपिएलको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

मंगलबार, साउन ६, २०८२
Global Ime Bank

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले नयाँ लोगो सार्वजनिक गरेको छ । लुम्बिनीले लायन्सले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो । सम्पदा, भावना र राष्ट्रिय गौरवको सम्मान गर्दै लुम्बिनी लायन्सको नयाँ लोगो प्रस्तुत गरेको उनीहरुको भनाई छ ।  नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा स्थापित स्तम्भ, नेपालको राष्ट्रिय झण्डा झल्काउने तत्वहरुसमावेश गरिएको छ ।  नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा पहिलो संस्करण खेलको लुम्बिनीले अपेक्षा अनुरुपको प्रदर्शन गर्न सकेको थिएन । पहिलो संस्करणमा खेलेको ७ मध्ये १ खेल मात्र जितेको लुम्बिनी अंक तालिकाको पुछारमा रहेको थियो । दोस्रो संस्करणका लागि लुम्बिनीले रोहित, विवेक यादव, तिलक राज भण्डारी, अविसेस गौतम, सन्दीप जोरा र दिनेश अधिकारीलाई रिटेन गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार