साफ यु-२० मा नेपाल उपविजेता, बंगलादेश पाँचौं पटक च्याम्पियन

सोमबार, साउन ५, २०८२
Global Ime Bank

काठमाडौं । बंगलादेशले महिला साफ यु–२० च्याम्पियनसिप जितेको छ। अन्तिम खेलमा आज नेपाललाई ४–० को हार चखाउँदै बंगलादेश अपराजित रहँदै पाँचौं पटक च्याम्पियन बनेको हो । अहिलेसम्म बंगलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन् । भारत र बंगलादेशले एक संस्करण संयुक्तरुपमा उपाधि जितेको थियो। भारतले कुल २ पटक उपाधि जितेको छ । नेपाल तेस्रो पटक उपविजेतामा सिमित बन्यो । यसअघि सन् २०१८ र २०२३ मा नेपाल उपाधिबाट चुकेको थियो । दुवै पटक नेपाल बंगलादेशसँग नै हारेको थियो। नेपाल तीन पटक तेस्रो भएको इतिहास छ । यो पटक उपाधि जित्न नेपाललाई आज जित जरुरी थियो। बंगलादेशलाई बराबरी नै पर्याप्त थियो। जहाँ बंगलादेशले आक्रमक फुटबल खेल्दै नेपाललाई निरिह बनायो । बसुन्धरा किङ्स स्टेडियममा भएको खेलको सुरुवातमा नै घरेलु टोली बंगलादेशले‌ अग्रता बनायो। खेलको आठौं काउन्टर एटयाकमा नेपालकी गोल किपर सुजाता तामाङ अगाडि बढ्दा सागोरिकाले किपरलाई छलाउँदै गोल गरिन् । सागारिकाले नेपालसँगको खेलमा रातो कार्ड पाएकी थिइन्। ३ खेल गुमाएपछि उनले आज पुनरागमन गरेकी हुन् । बंगलादेशले आक्रमक खेललाई नै जोड दियो । पहिलो हाफमा अग्रता बनाउने केहि उत्कृष्ट मौका चुकायो । नेपालले भने गोल गर्ने उत्कृष्ट मुभ समेत बनाउन सकेन। पहिलो हाफमा बंगलादेशले १–० को अग्रता बनायो । दोस्रो हाफमा नेपाललाई खेलमा फर्कनुको विकल्प थिएन। तर खेलको ५१ औं मिनेटमा नेपालले दोस्रो गोल बेहोर्‍यो । मुनकी अख्तरको सटिक पासमा सागोरिकाले बक्स भित्रबाट उत्कृष्ट गोल गरिन् । बंगलादेशले २–० को अग्रता बनायो । ५८ औं मिनेटमा सागोरिकाले ह्याट्रिक पूरा गरिन्। उनले प्राप्त लामो पासमा बक्सभित्रबाट हानेको भलि गोलमा परिणत भयो । बंगलादेश यतिमा मात्र रोकिएन । ७७ औं मिनेटमा सागोरिकाले बक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भयो । यो सँगै बंगलादेश ४–० को जितमा च्याम्पियन बन्यो । बंगलादेश ६ खेलमा सबै जितेर १८ अंक सहित च्याम्पियन बन्यो। ६ खेलमा ४ मा जित र २ हारका साथ नेपाल १२ अंक सहित दोस्रो भयो ।  नेपालले बंगलादेशसँग पहिलो खेलमा ३(२ ले पराजित भएको थियो । बंगलादेश‌सँगको हार बाहेक नेपालले श्रीलंका र भुटानविरुद्ध सानदार जित निकालेको थियो । श्रीलंकालाई दुवै खेलमा ७–० तथा भुटनलाई पहिलो खेलमा ६–१ ले र दोस्रो खेलमा ८–० ले माथ दिएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार