सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालले साफ यु–२० महिला च्याम्पियनसिपमा आज आयोजक बंगलादेशसँग उपाधिका लागि निर्णायक खेल खेल्दैछ । यो खेलको निर्णयले उपाधि विजेताको टुंगो लाग्नेछ। जारी प्रतियोगितामा बंगलादेश एकमात्र अपराजित टोली हो । घरेलु टोलीले ५ खेलमा ५ खेल नै जितेको छ। बंगलादेश १५ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ । नेपालले भने ५ खेलमा ४ जित दर्ज गरेको छ। १२ अंक सहित नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ। नेपाल बंगलादेशसँगको पहिलो खेलमा ३–२ गोल अन्तरले हारेको थियो । सो हारको बदला लिंदै उपाधि जित्ने अवसर नेपाली युवा टोलीलाई रहेको छ । आज नेपालसँग जितको विकल्प छैन । तर बंगगलादेशलाई भने उपाधि जित्न बराबरी नै प्रयाप्त हुनेछ। त्यसैले दबाबमा नेपाली टोली हुनेछ । बंगलादेशसँगको हार बाहेक नेपालले श्रीलंकासँगको २ खेलमा भने सानदार प्रदर्शन गरेको छ । श्रीलंकालाई दुबै खेलमा ७–० ले हराएको थियो। नेपालले भुटानलाई पहिलो खेलमा ६–१ ले हराउँदा दोस्रो खेलमा ८–० को फराकिलो अन्तरमा माथ दिएको थियो । नेपालले ५ खेलमा ३० गोल गरेको छ भने ४ गोल खाएको छ। नेपालको फ्रन्ट र मिड लाइन मजबुत देखिएको छ। आज नेपालले सजक भएर खेलेमा जित असंभव छैन। तर सहज पनि छैन । उपाधि जित्ने सुनौलो अवसर र चुनौती युवा टोलीसँग छ। खेल साँझ ६ः४५ बजे सुरु हुनेछ।