सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बेल्जियन प्याट्रिक डे वाइल्डले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन् । उज्वेकिस्तानमा एसियन कप छनोट खेल्न गएपछि विकास भएको घटना क्रमले डे वाइल्ड नेपाल फर्कने सम्भावना कम रहेको आंकलन गरिएको थियो। मुख्यतः कप्तान छनोटका विषयमा डे वाइल्ड र व्यवस्थापनबीच चर्को विवाद भएपछि राष्ट्रिय टोलीको अव्यवस्था छताछुल्ल भएको थियो । उज्वेकिस्तानबाट झन्डै दुई साता अघि टोली स्वदेश फर्किएको थियो भने डे वाइल्ड स्वदेश फर्केका थिए । असार २५ गते टोलीका हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ मालेकु, व्यवस्था विन्द्रा देवान,सहायक प्रशिक्षक राजेन्द्र तामाङलगायतले संयुक्त पत्रकार सम्मेलन गर्दै उज्वेकिस्तान विकसित घटनाक्रमको जिम्मेवार डे वाइल्ड रहेको आरोप लगाएका थिए । त्यसको केही दिनपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले उज्वेकिस्तानमा भएको घटनालगायतका विषयमा स्पष्टीकरण सोधेको थियो । उनलाई पत्रमा पुनः नेपाल फर्केर टोलीमा आबद्ध हुने नहुने जवाफ एक साता भित्र दिन पनि भनिएको थियो। उनले एक साता नपुग्दै एन्फालाई राजीनामा पठाएको स्रोतले जानकारी दियो । कान्तिपुर र द काठमाडौं पोष्टलाई दिएको अन्तर्वार्तामा डे वाइल्डले एन्फाको कमजोर व्यवस्थापन, खेलाडीमाथिको दबाबलगातका विषयमा बोलेपछि एन्फा नेतृत्व उनीसँग आक्रोशित रहँदै आएको थियो । उनले उज्वेकिस्तानसँगको पेनाल्टी सुटआउटमा केही खेलाडी पेनाल्टी हान्न तयार नहुनु दबाबकै कारण भएको समेत बताएका थिए । उनले त्यति बेला आफू फर्केमा खेलाडीका लागि मात्र फर्कने समेत बताएका थिए । एसियन कप छनोटमा लाओस विरुद्धको खेलमा सावित्रा भण्डारी ‘साम्बा’लाई कप्तान बनाउने विषयमा डे वाइल्ड र व्यवस्थापनबीच विवाद भएको थियो । डे वाइल्डले कप्तानको विषयमा ९० मिनेटअघि पनि जानकारी नदिएपछि आफूहरुले सिनियर खेलाडीका रुपमा प्लेइङमा रहेकी रेनुका नगरकोटेको नाममा कप्तान लेखि एन्फालाई पठाएको हेड अफ डेलिगेट्स श्रेष्ठले पत्रकार सम्मेलनमा बताएकी थिइन् । एक वर्षका लागि एन्फासँग सम्झौता गरेका डे वाइल्डले एक महिना नै राजीनामा गरेका छन् । उनको प्रशिक्षणमा नेपाल ३ खेलमा अपराजित रह्यो । जसमा २ जित र १ बराबरी रह्यो । लाओस र श्रीलंकालाई हराएको नेपालले उज्वेकिस्तानसँग ३–३ को बराबरी खेलको थियो । एसियन कपको फाइनल चरणका लागि जित्नै पर्ने खेलको पेनाल्टी सुट आउटमा नेपाल पराजित भएको थियो । डे वाइल्डले नेपाली महिला टोलीलाई प्रशिक्षण दिने पहिलो प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।