साफ यू–२० महिला च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको शानदार जित

शनिबार, साउन ३, २०८२
Global Ime Bank

=काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध ८–० गोलको जित निकालेको छ ।  शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो ।  नेपालको जितका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे भने समीक्षा मगर र कुशुम खतिवडाले समान एक गोल गरे ।   नेपालले खेल सुरु भएको ४४ औं सेकेन्डमा नै अग्रता बनायो । सरिता कुमारी नाथको क्रसलाई भुटानकी डिफेन्डरले ब्लक गरे पनि मिनाले बललाई सही दिशा दिइन् । नवौं मिनेटमा नेपालले अग्रता दुगुना गर्‍यो ।  समिक्षाले हानेको लामो‌ प्रहार क्रसमबारमा लागेर आएको बल भुटानकी गोल किपरलाई लाग्दै गोलमा परिणत भयो । १२ औं मिनेटमा नेपालले तेस्रो गोल गर्‍यो । शुक्रिया मियाले हानेको प्रहारलाई भुटानकी गोल किपरले रोके पनि रिबाउन्डमा ६ यार्ड बक्स भित्रबाट मिनाले हानेको लेफ्ट फुटेट सटले जाली चुम्यो । गोलको वर्षा भएको खेलको २३ औं मिनेटमा मिनाको पासमा पूर्णिमाले क्लोज रेन्जबाट गोल गरिन् । नेपालले ४–० को अग्रता बनायो । इन्ज्युरी समयको पहिलो मिनेटमा सरिताको फ्रि(किकमा गोल किपरले मिस जज गर्दा पूर्णिमाको हेडर‌ गोलमा परिणत भयो । पहिलो हाफ कै इन्ज्युरी समयको अन्तिम मिनेटमा डिफेन्डरलाई छलाउँदै पूर्णिमाले उत्कृष्ट गोल गरिन् । यो सँगै उनले ह्याट्रिक पुरा गरिन् । पहिलो हाफमा नेपालले ६–० को अग्रता बनाएको थियो ।‌ दोस्रो हाफमा दुई मिनेटभित्र नेपालले दुई गोल गर्यो। ६३ औं मिनेटमा शुक्रियाको पासमा कुसुमले गोल गरिन् । लगतै ६४ औं मिनेटमा शुक्रियाको पासमा मिनाले व्यक्तिगत तेस्रो नेपाल ८–० को फराकिलो अन्तरको जित निकाल्न सफल रहयो । नेपालले सोमवार बंगलादेशसँग खेल्नेछ। त्यो खेलले उपाधिकि निर्णय हुनेछ। नेपालले श्रीलंका र भुटान दुबैलाई दुई पटक हराएको छ । भुटानलाई नेपालले पहिलो खेलमा ६–१ ले माथ दिएको थियो । आयोजक बंगलादेशसँगको खेलम ३–२ गुमाएको नेपालले श्रीलंकालाई दुबै खेल समान ७–० ले हराएको थियो । आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ ।  नेपालले ६ खेलबाट १२ अंक बटुलेको छ । तीन खेल खेलेको घरेलु टोली बंगलादेशको ९ अंक छ । नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार